स्पेनको कोस्टाब्लान्कामा नेपाली समुदायमा कोरोना सङ्क्रमण बढ्दो !

कमल पराजुली, स्पेन।

स्पेनको कोस्टाब्लान्का क्षेत्रमा बस्ने नेपाली समुदायमा पछिल्लो केही सातादेखि कोरोना सङ्क्रमण बढ्दै गएको छ ।

कोरोनाको पहिलो र दोश्रो लहरमा केही नेपालीमा मात्र कोरोना संक्रमण देखिएतापनि स्पेनमा कोरोनोको तेस्रो लहर शुरु भएपछी यहाँका धेरै नेपाली प्रभाबित भएका छन् ।

कोस्टाब्लान्काको बेनिड्रोम, आल्बिर, आल्तेया, डेनिया लगायतका स्थानमा बस्ने नेपालीमा कोरोना सङ्क्रमण् बढ्दो देखिएको छ ।

बेनिड्रोम क्षेत्रमा अहिले करीब १० जना नेपालीहरुमा कोरोना पोजेटिभ देखिएको नेपाल स्पेन समाज कोस्टाब्लान्काका कोषाध्यक्ष छविलाल श्रेष्ठले जानकारी दिएका छन् । संक्रमितहरुमध्ये एकजनाको अस्पतालमा उपचार भईरहेको र अन्य होम क्वारेन्टाइनमा रहेका छन्। बेनिड्रोम क्षेत्रमा करीब २ सय नेपालीको बसोबास छ ।

उता आल्बिर, आल्तिया र डेनिया क्षेत्रमा पनि केही नेपाली समुदायमा कोरोना सङ्क्रमण बढ्दो छ । यि क्षेत्रमा धेरै नेपाली खुल्न नचाएको कारणले कति नेपाली संक्रमित छन् भन्ने बारेयकिन संख्या थाहा हुन सकेको छैन । आल्बिर र आल्तेयामा कोरोना सङ्क्रमण् भएका केही नेपाली निको भैसकेका छन भने केहि होम क्वारेन्टाइनमा बसेका छन ।

नेपाल स्पेन समाज कोस्टाब्लान्काका अध्यक्ष केशबराज कंडेलले कोरोना सङ्क्रमण् भएका नेपालीहरुसँग आफुहरुले सम्पर्क गरिरहेको र आवश्यक परेकालाई सहयोगगर्न तयार रहेको बताएका छन्। कोस्टाब्लान्का क्षेत्रमा करीब १ हजार नेपालीको बसोबास छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार