माटोको ढिस्कोले पुरिएर कैलालीमा तीन युवतीको मृत्यु, दुई घाइते

कैलाली |

माटोको ढिस्कोले पुरिएर कैलालीमा तीन जना युवतीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

कैलालीको जानकी गाउँपालिका-९ पूर्वी खैरीफाँटामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, टीकापुरले जनाएको छ। घर लिपपोतका लागि माटो लिन गएका स्थानीय १७ वर्षीया धनसरी विक, २० वर्षीया भावना ओड र ३१ वर्षीया गंगा जैगडीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, टीकापुरका डिएसपी मधुसुदन न्यौपानेले बताए।

ढिस्कोमा पुरिँदा स्थानीय काजल विक र अञ्जु जैगढी घाइते भएका छन्। उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।

उनीहरु घर लिपपोतका लागि माटो लिन गाउँनजिकैको जंगलमा गएका थिए। माटो खन्ने क्रममा खसेको ढिस्कोले पाँचै जना पुरिएको डिएसपी न्यौपानेले बताए। उनीहरुमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको हाे।

माटोको ढिस्कोले पुरिएको खबर पाएपछि स्थानीयवासी र प्रहरीले उद्धार गरेकाे हाे।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार