चेपाङ बालबालिकालाई लायन्सको सहयोग

– गोविन्द अर्याल, चितवन।

लायन्स क्लब अफ काठमाडौं हाइ भिजनले चितवनको इच्छाकामनाका चेपाङ बालबालिकाको लागि निःशुल्क दन्त स्वास्थ्य शिविर गर्नुका साथै शैक्षिक सामग्री वितरण गरेको छ।

गैर आवासीय नेपाली संघ जापान कान्साई क्षेत्रीय समिति (ओसाका)को आर्थिक सहयोग तथा सिटी डेन्टल केयरको प्राविधिक सहयोगमा इच्छाकामना २ मायाटारस्थित राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको कार्यक्रम संयोजक प्रमोद भण्डारीले जानकारी दिए।

विद्यालयमा अध्ययनरत २३० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो। ती सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गराउँदै आएको उनले बताए।

‘माघ २३ गतेबाट सुरू भएको शिविरमा हप्तैपिच्छे परीक्षण हुनेछ,’ उनले भने, ‘विद्यार्थीलाई पालैपालो गरेर परीक्षण गर्नेछौँ।’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार