अस्ट्रेलियाको सिड्नीमा गुडिरहेको ट्रेनभित्र नेपाली बिद्यार्थी मृत भेटिए !

सिड्नी ।

अष्ट्रेलियाको सीड्नीमा एक नेपाली युवा गुडिरहेको ट्रेनभित्र मृत भेटिएका छन् ।

उदयपुर घर भइ काठमाडौंमा बसोबास गर्दै आएका २३ बर्षीय रविन आचार्यको बुधबार सिड्नीस्थित आङ् क्लिप स्टेसनमा ट्रेनम बेहोस भएर मृत्यु भएको एनआरएनए प्रवक्ता नन्द गुरुङ्गले जानकारी दिए ।

ट्रेनमा एक्कासी बेहोस भएका उनलाई नजिकैको कोग्रा अस्पताल लगिएको भएपनि डाक्टरहरुले मृत घोषणा गरेका थिए । उनको मृत्यु के कारणले भएको होे भन्ने बिषय यकिन हुन सकेको छैन । उनको पाष्टमार्टम रिपोर्ट आएपछि मात्र अरु डिटेल थाहा हुने प्रवक्ता गुरुङले बताए ।

‘रकम संकलन गरेर भाइको पार्थिव शरीर नेपाल पठाउने तयारी गर्दैछौँ’, उनले भने ‘यसको लागि यहाँस्थित नेपाली संघसंस्थासंग समन्वय भइरहेको छ ।’

विराटनगरमा प्लस टु पढेर तीन वर्ष अगाडि अस्ट्रेलिया आएका उनी सिड्नीको एबी कलेजमा इन्जीनीयरीङ गरिरहेको उनीसँगै बस्ने साथी कृष्ण अधिकारीले जानकारी दिए ।

उनी आफ्ना भाइ सविन सहित चारजनासँग सिड्नीमा बस्दै आएका थिए। उनको शव नेपाल पठाउनकोे निम्ती अर्थ संकलन भइरहेको छ । जसको लागि आर्थिक सहयोग गर्न चाहनेहरुले निम्न विवरणअनुसार सहयोग गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार