काठमाडौँ।

छायाकार जनकराज अधिकारी गोगंबुको आफ्नै कार्यालयमा मृत अवस्थामा फेला परेका छन् ।
३५ वर्षीय छायाकार अधिकारीको शव आइतबार झुण्डिएको अवस्थामा फेला परेको नेपाल प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए ।
‘शुक्रबार घरबाट निस्केका रहेछन् । सम्पर्कमै नआएपछि कार्यालय पुग्दा आत्महत्या गरेको अवस्थामा भेटिए,’ लामाले भने ।
अधिकारीले जय किसन बस्नेतको फिल्म ‘धुम ४’लगायत थुप्रै म्युजिक भिडियो खिचिसकेका छन् ।
विश्व गौचनको इक्विपमेन्ट हाउसमा क्यामेरा ‘केयर टेकर’को काम गरिसकेपछि उनले छायाकन गर्न थालेका हुन् । सोमबार ११ बजे पोस्टमार्टम गरेर उनको शवलाई अन्त्येष्टिका लागि लमजुङ पठाइएको लामाले बताए ।
















