पोर्चुगलमा राष्ट्रपतिद्वारा स्वास्थ्य संकटकाल १ मार्चसम्म थप !

लिस्बन।

पोर्चुगलमा स्वास्थ्य संकटकाल १ मार्चसम्म लम्बिने भएको छ। राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाले संसद समक्ष थप १५ दिनको लागि संकटकाल थपिएको प्रस्ताव पेश गरेका छन्।

पोर्चुगलमा संकटकाल र लकडाउनमा कडाइ गरेपछि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर गिरावट आएको विज्ञहरुले बताएका छन् । त्यसैले पनि राष्ट्रपति मार्सेलोले संकटकाल थपेका हुन्। राष्ट्रपतिले आज सरकारसंग गर्नुभएको छलफलमा सरकार संकटकाल थप गर्न सकारात्मक देखिएपछि राष्ट्रपतिले संकटकाल थप्ने निर्णय गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपति मार्सेलोले संसद समक्ष पेश गर्नुभएको संकटकाल प्रस्ताव र मस्यौदा एघारौ पटक हो। संसद र मन्त्रिपरिषदमा यो मस्यौदामाथि बिहिबार छलफल र भोटिङ् हुनेछ। सामान्यतया राष्ट्रपतिले पठाउनुभएको मस्यौदा र प्रस्ताव संसद र मन्त्रिपरिषदबाट बदर भएको इतिहास पोर्चुगलमा छैन।

संकटकाल कानुनको एघारौ मस्यौदामा केही थप कडाइ गरिएको छ। टेलिवर्किङ्लाई अझ सहज बनाउन ध्वनी नियन्त्रण गरिने र सुपरमार्केटमा पुस्तकको बिक्रीवितरणमा रोक लगाईएको छ।

राष्ट्रपति मार्सेलोद्वारा प्रस्ताव गरिएको संकटकाल कानुनको एघारौ मस्यौदामा यहाँ क्लिक गरेर पढ्न सकिन्छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार