लकडाउनका कारण पोर्चुगलमा कोरोना संक्रमित र मृत्युदर निरन्तर ओरालो !

लिस्बन।

कोरोना संक्रमण नियन्त्रणको उपायका लागि पोर्चुगल सरकाले अवलम्बन गरेको लकडाउनका कारण पछिल्लो एक सातादेखि कोरोना संक्रमितको संख्या र मृत्युदरमा निरन्तर ओरालो लागेको विज्ञहरुले बताएका छन्।

पोर्चुगलमा कोरोना संक्रमित र मृतकको संख्या हेर्दा पनि पछिल्लो एक सातादेखि निरन्तर कमी आएको पुष्टी हुन्छ।

पोर्चुगलमा आज शुक्रवार मात्रै १४९ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। अघिल्लो दिन मृतकको संख्या १६७ रहेको थियो।

त्यस्तै आज २ हजार ८५४ जना संक्रमित थपिएका छन्। हिजो थपिएका नयाँ संक्रमितको संख्या ३ हजार ४८० थियो।

संक्रमितहरुमध्ये ५ हजार २३० जनाको अस्पतालमा उपचार भईरहेको छ। अस्पतालमा भर्ना भएका संक्रमितको संख्या घटेतापनि आइसियुमा भने बिरामीको संख्या बढेको छ। ८४६ जनाको आइसीयुमा उपचार भईरहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

आज मात्रै ७ हजार ६१७ जना कोरोनामुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या घटेर १ लाख १३ हजार ४५० मा झरेको छ। एक साता अगाडी यो संख्या एक लाख ८० हजार माथि थियो।

लकडाउनका कारण कोरोना संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएपछि सरकारले लकडाउनलाई मार्च १ तारिखसम्म लम्ब्याउदै झन् कडाई गरेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार