जनकपुरधाम |
सर्लाहीमा अंशवन्डाको विवादमा श्रीमान्लाई कुटेको आरोपमा श्रीमती पक्राउ परेकी छन्।
जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. १५ मुस्लिम टोलमा अंशवन्डाको विवादमा वृद्ध श्रीमान्लाई कुटी घाइते बनाएको आरोपमा श्रीमतीलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।
शनिबार दिउँसो अंशवन्डाको विवादमा अन्दाजी ६० वर्षीय जोगी साहलाई उनको कान्छी श्रीमती अन्दाजी ४५ वर्षीया निमकलीदेवी साहले कुटपिट गर्दा श्रीमान्को अण्डकोषमा चोट लागेको प्रहरीले जनाएको छ।
जोगीको उपचार अहिले जनकपुरधाममा भइरहेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले श्रीमतीलाई नियन्त्रणमा राखेको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिएका छन्।

















