सप्तरी ।

सुरुङगा नगरपालिकामा एक ११ बर्षीया बालिका बलात्कृत भएकी छिन्।
बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
सुरूङगा–५ बस्ने २८ वर्षीय नरेश मण्डल धानुकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
धानुकले बालिकालाई फागुन १९ गते बेलुका जबरजस्ती करणी गरी फरार भएका थिए ।
जबरजस्ती करणीपछि मण्डल फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रानी मोरङबाट खटिएको प्रहरीले धानुकलाई बिराटनगर नगरपालिका–१५ मा लुकीछिपी हिँडडुल गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
















