नवलपरासी सशस्त्र प्रहरीद्वारा ठुलो मात्रामा लागू औषध सहित एक पक्राउ ।

रबिन्द्र यादव, नवलपरासी पश्चिम।

नवलपरासी पश्चिमको सशस्त्र प्रहरी बल बिओपी गुठी परसौनीले बिशेष सुराकीको अधारमा ठुलो मात्रामा लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ ।

सुस्ता गाउँपालिका वडा नं २ सयपत्रीमा सशस्त्र प्रहरी नेपाल गुठी परसौनी (BOP) का इन्सपेक्टर संतोष खरेलको नेतृत्वमा रहेको टोलीलाई देखेर एक जना युवकले झोला बोकेर भाग्न खोजेपछि उनलाई पक्राउ गरी झोला चेकजाँच गर्दा झोलाबाट ठूलो मात्रामा लागू औषध बरामद गरिएको खरेलले बताए ।

उक्त झोलाबाट अनरेक्स सिरफ ३१ बोतल , नाइट्रोभेट ८ पत्ता १ सय २० चक्की , विनस्पास्मो १८ सय ९० पिस जस्ता लागु औषध बरामद गरिएको खरेलले समेत जानकारी दिए ।

पक्राउ परेका युवक र लागू औषध इलाका प्रहरी कार्यालय बेलाटारीमा बुझाइएको सशस्त्र प्रहरी नेपाल गण नं २६ बेलाशपुरका सुचना अधिकारी माधव रेग्मीले जानकारी दिए । पक्राउ परेको युवकको नाम ठेगाना भने सशस्त्र प्रहरीले खुलाएको छैन ।

भारतीय सिमा क्षेत्रबाट लागू औषधको ओसारपसार भइरहेको जन गुनासो पछि गण नं २६ का गणपति महेश अधिकारीको कडा निर्देशनमा नेपाल भारत सिमामा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी बढाएको स्रोतको दाबी छ । लागु पदार्थको प्रयोग र कारोबार बढ्दै गएको छ त्यस अनुसार नियन्त्रणका लागि जनशक्ति अभाव रहेको सरोकारवालाहरुले बताउँछन् । लागु पदार्थ दुर्व्यसन र कारोबारको स्थिति भयावह बन्दा पनि सरकारले खास नीति नल्याएको लागु पदार्थ दुर्व्यसनको क्षेत्रमा काम गर्नेहरू बताउँछन् ।

खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट त्यस्ता लागु पदार्थ अन्य नाकाहरूबाट नेपाल भित्र्याउने गरिएको सशस्त्र प्रहरीले जनाएको छ । जिल्लाको महेशपुर, बिसुनपुरा, भुजहवा, हरकपुरा, बसहिया, बन्नकट्टी , बलिनगर लगायतको नाकाबाट लागू पदार्थ ओसारपसार हुने गरेको स्थानियले बताउँछन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार