जन्ती बोकेको बस दुर्घटना, ३७ जना घाइते

नेपालगंज ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–३ बैसामा बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । दुर्घटनामा परेका एक जनाको अवस्था गम्भीर छ।

ना३ख ९७५९ नम्बरको बस शुक्रबार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस राप्ती सोनारीबाटै दाङको देउखुसी दुलही पुर्याउन हिँडेको थियो ।

दुर्घटनामा घाइते हुने सबै राप्ती सोनारीकै रहेको र उनीहरुको कोहोलपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार