– रबिन्द्र यादव, नवलपरासी पश्चिम।
नवलपरासी पश्चिम सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर सशस्त्र प्रहरी प्रमुख एसपी महेश अधिकारी तस्कर विरुद्ध खरो उत्रिएका छन् ।
तस्करहरुको बिगबिगी बढेको सूचना पाए लगत्तै एसपी अधिकारीले सिमा तिर निगरानी बढाएको बुझिएको छ। त्यस्तै जिल्ला मातहत रहेको बि.ओ.पि इन्चार्जहरुलाइ तस्कर विरुद्ध खरो उत्रिन गणपति अधिकारीले निर्देशन समेत दिएका छन् ।
एसपी अधिकारीको बिशेष निर्देशनमा जिल्लाको विभिन्न ठाउँ बाट ५ लाख २८ हजार ७ सय मूल्य बराबरको अबैध मालसामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल मातहत स.प्र.बल नेपाल बि.ओ.पि. गुठिप्रसौनी र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सेमरीबाट र प्रतापपुर गाँउपालिका-६ हरपुर र बर्दघाट नगरपालिका-४ चिसापानी ईलाकाहरुमा खटिई गएको मोवाईल गस्ति टोलीले भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याई लुकाई छिपाई राखेको अवस्थामा विशेष सुराकीको आधारमा अन्दाजी मुल्य रु ५,२८,७००।- (पाँच लाख अठ्ठाईस हजार सात सय मात्र) बराबरको लत्ता कपडा टप्स-५४ पिस, कुर्ता सुरुवाल १५ पिस, फाईवर डसना १० पिस¸थानको कपडा -४ रोल (५६० मि.), लेडिज कुर्था सुरुवाल-९६ पिस बरामद गरी आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी सूचना आधिकारी माधव रेग्मीले बताए ।


















