काठमाडौं ।
बुटवल–नारायणगढ सडक निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदारबाट नेपाली मजदुर कुटिएका छन् । तलब नपाएको विषयमा छलफल गर्न बोलाएर ठेकेदारले मजदुरलाई कुटेका हुन् ।
नवलपरासीको रजहरस्थित चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको साइड अफिसमा कुटाकुट भएको हो । ठेकेदारको कुटपिटबाट ६ जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
माटो र डिजल चोरीको अभियोगमा आयोजनामा काम गर्ने १३ जना नेपालीको तबल रोक्का गरेर छानबिन थालेको आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले बताउनुभयो । नेपाली मजदुरले चोरी नगरेको बताउँदै आएका छन् । यसै विषयमा छलफल हुँदा झडप भएको हो ।

















