दुई लाख ७२ हजार मूल्य बराबरको अवैध मालसामान बरामद ।

– रबिन्द्र यादव , नवलपरासी पश्चिम।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट करिब दुई लाख ७२ हजार ९ सय ६० रुपैया मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको अन्दाजी एक लाख ३७ हजार ५ सय २० रुपैया मुल्य बराबरको अमुल फ्रेस क्रिम २ कार्टुन, मख्खन ४ कार्टुन, पास्ता ५ किलो, जेन्स सर्टको कपडा २२ रोल, तन्ना २० पिस र नेपालबाट अवैध रुपमा भारत तर्फ लैजादै गरेको अन्दाजी २० हजार २ सय ४० रुपैया मुल्य बराबरको २ सय ४० लिटर डिजल प्रतापपुर गाउँपालिका वडा नम्बर ७ सुर्यपुराबाट बरामद गरेको हो । उक्त मालसामान मोटरसाईकलमा राखी ल्याउदै लैजादै गर्दा प्रहरी टोलीलाई देखि सोही स्थानमा छाडी मानिस मोटरसाईकल सहित भागेको प्रहरीले जनाएको छ ।

यसैगरी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अन्दाजी १ लाख १५ हजार २ सय मुल्य बराबरको ९६ पिस कुर्ता सुरुवाल पाल्हिनन्दन गाँउपालिका वडा नम्बर .२ भक्सिपुरबाट बरामद गरेको छ । बरामद भएका सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक राजु लामाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार