फ्रि भिसा र फ्रि टिकमा सकेत कामदार लुट्ने प्यारागन म्यानेजमेन्टका सञ्चालक रङ्गेहात फेला

काठमाडौं ।

वैदेशिक रोजगार विभागले अनुगमन गर्दा प्यारागन म्यानेजमेन्ट प्रालिका सञ्चालक रङ्गेहात नगदसहित् फेला परेका छन् ।

वैदेशिक रोजगार विभागको टोलीले अनुगमन गर्ने क्रममा म्यानेजमनेन्टका सञ्चालकलाई प्रतिव्यक्ति २ लाख २० हजारका दरले रकम असुल गर्दै गरेको अवस्थामा फेला पारेको हो ।

नुवाकोट घर भएका सञ्चालकले कतारमा बाइक राइडरका लागि पठाउने भन्दै ३ युवाबाट १ लाख ५० हजार लिएको अवस्थामा विभागको टोलीले रङ्गेहातै भेटेको हो ।

नुवाकोटका राजन सुनार, इटहरी र ताप्लेजुङका एक–एक जना युवाबाट उक्त रकम उठाउन खोजिएको थियो ।

पीडित युवाहरुका अनुसार कम्पनीले २ जना युवाबाट ६० /६० हजार र एक युवाबाट ५० हजार रकम यसअघि नै लिइसकेको र भिसा आएपछि थप रकम दिनुपर्ने बताएको थियो ।

उक्त कम्पनीले यसअघिका घटनामा समेत २ करोडबढि धरौटीको रकम नतिरेको समेत विभागले जनाएको छ ।

फ्रि भिसा र फ्रि टिकमा सकेत कामदार लुटिने र दलाल मोटाउने क्रम बढ्दै गएकोले विभागले अनुगमन बढाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार