पोखरा।
नेपाली कांग्रेस कास्कीकी नेतृ डम्मर कुमारी गुरुङलाई नेपाल आदीवासी जनजाती संघ जिल्ला कार्य समिति कास्कीले नयाँ बर्ष शुभकामना आदान प्रदान कार्यक्रममा सम्मान-पत्र प्रदान गरेको छ ।
समाज परिवर्तनका लागि सामाजिक क्रियाकलापमा लागिरहेकी लोकतन्त्रप्रति आस्था राख्ने नेतृ गुरुङले गरेको योगदानको मुल्याङकन गर्दै संघले सम्मान गरेको हो । नेतृ डम्मर कुमारी गुरुङ माछापुछ्रे गाउपलिका वडा न ८ का स्थायी बासिन्दा हुन । नेतृ डम्मर कुमरु गुरुङ ले यस अघि पनि सरक्षण पुरस्कार २०५१ , गत बर्ष अन्तर्राष्ट्रिय महिला दिवसमा माइती नेपालबाट सम्मान पाइसक्नु भएको छ ।
न्याय साथै संघले गुरुङको सुख,समृद्धि,सु स्वास्थ्य, दिर्घायु एवम उत्तरोत्तर प्रगतीको कामना गर्दै भविष्यमा पनि समाजको सकारात्मक परिवर्तनका लागि आवश्यक सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका सह -महामन्त्रि डा प्रकाश शरण महत , कास्कीका कांग्रेस नेत्री सरस्वती गुरुङका साथै अन्य काँग्रेसका कार्यकर्ताहरु , नेपाल तरुण दलका कार्यकर्ताहरु, भातृ संगठनका कार्यकर्ताहरु , विभिन्न समाज सेवीहरुको बाक्लो उपस्थिति रहेको थियो । नेपाल आदीवासी जनजाती संघ जिल्ला कार्य समिति कास्कीका सभापति आशा बहादुर गुरुङको अध्यक्ष्यतामा सचिब बिष्णु कुमार श्रेष्ठले संचालन गर्नु भएको थियो ।


















