काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी कुवेतका अब्दुल्लाह अलमुताइरीलाई दिइएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक कमिटीले सिफारिस गरे अनुसार एन्फाले कुवेतका अब्दुल्लाहलाई प्रशिक्षकको जिम्मेवारी दिइएको हो।
यसअघि नेपाली टिमको मुख्य प्रशिक्षक बालगोपाल महर्जन थिए। महर्जनको नेतृत्वमा नेपालले गत साता थ्री नेसन्स कप जितेको थियो।
अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप छनोटका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक चाहिने नियम ल्याएपछि प्रो लाइसेन्स प्राप्त अब्दुल्लाहलाई प्रशिक्षक बनाउन लागेको एन्फाले बताएको छ ।
नेपालले विश्वकप छनोटअन्तर्गत आगामी जुनमा तीन खेल खेल्न बाँकी छ। तीन वटै खेल कुवेतमा हुनेछन्।

















