बाँके ।
जिल्लाको भेरी अस्पतालमा चार सय ७६ जनाको नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा तीन सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यहाँ हालसम्म ५८ हजार दुई सय ९४ नमुना परीक्षण गरिएको छ । जसमध्ये सात हजार नौ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये नेपालगञ्जका दुई सय ३६ र कोहलपुरका २५ छन् भने बर्दियाको बारबर्दियाका २१ जनामा संक्रमण पहिचान भएको छ ।
बाँकेमा सबैभन्दा बढी दुई सय ९९ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

















