काठमाडौँ । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई मतदान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्देशन दिएको छ । भोलि (जेठ ६ गते) हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रहेका गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले मत दिन ह्वीप जारी गरेको हो ।
बादललाई मत दिन नेकपा एमालेबाट पार्टीलाई औपचारिक पत्र प्राप्त भएकोले मत दिनेबारे निर्णय गरिएको राप्रपाले जनाएको छ ।
बागमती प्रदेशमा २०७४ सालमा भएको निर्वाचनमा बादल नेकपा माओवादी केन्द्रबाट बिजयी भएका थिए। बादल माओवादी केन्द्रबाट एमाले प्रवेशसँगै उनलाई माओवादीले कारवाही गरेपछि पद रिक्त भएको थियो।
यहाँ माओवादी, नेपाली कांग्रेसलगायतको समर्थनमा खिमलाल देवकोटा विपक्षी गठबन्धनबाट उम्मेदवार छन्।


















