काठमाडौं : विपक्षी गठबन्धनले बहुमत सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा दाबी गर्न नेताहरु शीतल निवास पुगेका छन्।
दिउँसो सिंहदरबारमा बसेको विपक्षी गठबन्धनको बैठकले १५० सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि देउवाको नाम अगाडि सारेर राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको थियो । निर्णय लगत्तै नेताहरु शीतल निवास पुगेका हुन् ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउन विपक्षी गठबन्धनलाई नेपाल–खनाल समूहले साथ दिएको हो ।
विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउने नेपाल खनाल समूहका २७ सांसदको हस्ताक्षर आएको कांग्रेस नेता गगन थापाले जानकारी दिए ।

















