कर्मचारीको तलब २ हजार बढ्यो, महंगी भत्ता निरन्तर

काठमाडौं– सरकारले सम्पूर्ण सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँले वढाएको छ।

शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब २ हजार रुपैयाँले बढेको जानकारी दिए।

कर्मचारीका लागि महंगी भत्तालाई निरन्तरता दिँदै हालको प्रतिकुल अवस्थालाई ख्याल गर्दै यो रकम वृद्धि गरिएको अर्थमन्त्री पौडेलले जानकारी गराए ।

यसरी वृद्धी भएको तलब साउन १ देखि लागू हुने उनले बताए । सरकारले कर्मचारीलाई सहुलियत आवास सुविधा पनि उपलव्ध गराउने घोषणा गरेको छ।

कोभिड उपचारको नियन्त्रण, रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीले कोभिड भत्ता पनि पाउने छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार