लन्डन ।
नेपाल पत्रकार महासंघ यूकेको कोषाध्यक्ष पदमा एभरेस्ट टाइम्स अनलाइनका प्रमुख सविन्द्र कुमार गुरुङले उम्मेदवारी दिएका छन् ।
आगामी जुन १३ तारिखमा हुने महासंघको चुनावका लागि प्रमुख गुरुङले उम्मेदवारी दिएका हुन् ।
माछापुच्छ्रे ८, पोखरा कास्कीका सविन्द्र कुमारले सन् २०११ मा एभरेष्ट टाईम्स युके साप्ताहिकका पाठकहरुको ध्यानमा राख्दै र अनलाइन पत्रकारिताको विकासका लागि पहिलो पटक everesttiems.net सञ्चालन गरेका थिए ।
हालसम्म एभरेस्ट अनलाइन प्रमुख रहेका गुरुङ तमुधि यूके र बुद्धिस्ट कम्युनिटी सेन्टर यूकेको मिडिया सेक्रेटरीको भूमिकामा छन् ।
सन् २००८ बाट बेलायत बस्दै आएका गुरुङले मर्दिखोला समाज यूकेको प्रवक्ता जिम्मेवारी पनि सम्हालिरहेका छन् ।
नेपाल, हङकङ हुँदै बेलायत बसोबास गरेका उनी ती देशहरुमा बसोबास गर्ने नेपालीमाझ परिचित व्यक्ति हुन् ।

















