काठमाडौँ।
नेपाली काँग्रेसले पार्टीको १४ औं महाधिवेशन सार्ने निर्णय गरेको छ ।
शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ।
यसअघि पार्टीको महाधिवेशन भदौ ७ देखि १० गतेसम्म तय भएको थियो ।

















