पोर्चुगलमा धुम्रपानले एकै बर्षमा १३ हजार बढीको मृत्यु !

लिस्बन।

पोर्चुगलमा धुम्रपानले एकै बर्षमा १३ हजार बढीको मृत्यु भएको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ।

सन् २०१९ मा मात्रै चुरोट र चुरोटजन्य बस्तुको सेवनबाट पोर्चुगलमा १३ हजार ५५९ जनाको मृत्यु भएको डरलाग्दो तथ्यांक स्वास्थ्य महानिर्देशनालयले सार्वजनिक गरेको छ।

मृतकहरुमध्ये १ हजार ७ सय ७१ जनाको ज्यान निस्कृय धुम्रपानले गएको रिपोर्टमा उल्लेख छ।

धुम्रपानले ज्यान गुमाउनेमा अधिकांश ५० देखि ६९ बर्ष उमेर समुहका छन् ।

धुम्रपानबाट मृत्यु भएकाहरुमा फोक्सोको क्यान्सर, मुटु सम्बन्धी तथा श्वासप्रश्वास लगायतका रोग लागेको रिपोर्टमा उल्लेख छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार