ट्वान्टी ट्वान्टी युरोकप : कसले जित्ला गोल्डेन बुट ?

युरो २०२० को नकआउट चरण चलिरहँदा युरोपियन च्याम्पियन बन्‍ने दौडबाट केही बलिया टिम बाहिरी सकेका छन् । आइतबार राति मात्रै अन्तिम १६ को प्रतिस्पर्धाबाट क्रिस्टियानो रोनाल्डो सम्मिलित पोर्चुगल बाहिरियो भने नेदरल्यान्ड्स पनि चेक गणतन्त्रसँग पराजित हुँदै घर फर्कियो ।

नकआउट चरण अघि बढ्दै जाँदा उपाधि हाेड मात्रै होइन, गोल्डेन बुटको दौड पनि बलियो बन्दै गएको छ । अवश्य पनि गोल्डेन बुटको विजेता प्रतियोगितामा धेरै गोल गर्ने खेलाडी नै हुनेछन् । एकभन्दा बढी खेलाडीको गोल संख्या बराबरी भए गोल्डेन बुटको विजेता असिस्टबाट निर्क्यौल हुनेछ । त्यसबाट पनि विजेताको टुङ्गो नलागे कम समय खेल्ने खेलाडी गोल्डेन बुटको हकदार हुनेछन् ।

सन् २०१२ यता युरोमा गोल्डेन बुटबाहेक सिल्भर बुट र ब्रोन्ज बुट पनि वितरण गरिँदै आइएको छ । गोल संख्यामा दोस्रो तथा तेस्रो हुने खेलाडीलाई क्रमशः सिल्भर बुट र ब्रोन्ज बुट दिइन्छ । युरो २०१२ मा स्पेनका फर्नान्डो टोरेस गोल्डेन बुट विजेता बनेका थिए । तीन गोल र एक अस्सिट नै भएका जर्मनीका मारियो गोमेजले भने सिल्भर बुटमा चित्त बुझाएका थिए । किनभने उनले टोरेस भन्दा बढी समय मैदानमा बिताएका थिए ।

युरो २०१६ मा गोल्डेन बुट फ्रान्सका एन्टोइन ग्रिजमनले जिते । उनले कुल ६ गोल गरेका थिए । यसपटक भने गोल्डेन बुट रेसमा बेल्जियमका रोमेलु लुकाकु अगाडि छन् । इंगल्यान्डका ह्यारी केन र फ्रान्सका किलियान एमबाप्पे पनि गोल्डेन बुटको रेसमा सहभागी हुने अनुमान गरिएको थियो । तर दुबैले गोलको खाता खोल्न सकेका छैनन् ।

बरु चेक टिमका प्याट्रिक सिक उच्च गोलकर्ताको दौडमा छन् । उनले चार गोल गरिसकेका छन् । रोनाल्डोले पनि चार खेलमा पाँच गोल गरे । तर उनी युरो नकआउटबाटै घर फर्कने भएपछि उनको गोल संख्यालाई अन्य खेलाडीले उछिन्‍ने सम्भावना बलियो छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार