किन भयो एमालेको दसौं महाधिवेशन आयोजक कमिटी बैठक भंग र स्थायी कमिटीमा ८ सदस्य मनोनीत्?

काठमाडौँ — नेकपा एमालले दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको महाधिवशेन आयोजक कमिटी अन्तिम बैठककले माओवादी केन्द्रसँग पार्टी एकता हुनु पूर्वको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार सो केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्ने भएको छ ।

यस्तै, बैठकले पूर्वमाओवादीका चार नेतासहित ८ जनालाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय पनि गरेको छ ।

प्रवक्ता ज्ञवालीले पूर्वमाओवादीका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमझी, मणि थापा र एमालेकै रघुविर महसेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय भएको जानकारी दिए ।

ज्ञवालीका अनुसार यसअघि महाधिवशेन आयोजक कमिटीले पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित ११ जनालाई गरेको कारबाही स्वतः निष्क्रिय भएको छ ।

बैठकले कोभिड नियन्त्रण गर्न सरकारले गरेको पहलको उच्च प्रशंसा गर्दै सबैलाइ खोप दिलाउन अनुरोध गर्ने निर्णय पनि गरेको छ । साथै बाढी पहिरोबाट प्रभावितहरुको उद्धार र राहतमा सरकारले खेलेको भूमिकाको प्रशंसा गर्दै थप प्रभावकारी भूमिका खेल्न अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार