लिस्वन ।
गैर आवसीय नेपाली संघ एनआरएनए पोर्चुगलको प्रमाणित सदस्य संख्या जम्मा ३९६ जना रहेको छ। यो समाचार तयार पार्दासम्म जम्मा ३९६ जनाको सदस्यता स्वीकृत भएको छ।
संघको सदस्यता वितरण गर्ने समय जुन १ तारिख मध्यरातबाट सकिएको छ ।संघले नयाँ सदस्यता र नविकरणको लागि अनलाइन आबेदन दिनेको संख्या उत्साहजनक भएको जनाएको छ । सदस्यता प्रमाणीकरण कार्य भईरहेकोले यो संख्या निकै बढ्नसक्ने उसको दाबी छ।
भोइस अफ नेपालले संघका अध्यक्ष तिलक गैरेलाई १. हालसम्म कति जनाले एनआरएनए पोर्चुगलको सदस्यता भरे ? २. ति मध्ये कति जनाको स्वीकृत भयो ? ३. कति जनाले पुरानो सदस्यता नवीकरण गरे ? भनी ३ प्रश्न सोधेको थियो। तर अध्यक्ष गैरेले ति कुनै पनि प्रश्नहरुको जवाफ दिन चाहेनन्।
NRNA Membershipतर पछिल्लो २ दिनमा रातारात नक्कली सदस्य बनाउने कार्य भएको श्रोतको दावी छ। हरेक बर्ष सदस्यता नवीकरणको अन्तिम दिनमा नक्कली सदस्य बनाउने कार्य हुदै आएको इतिहास साक्षी छ।
पछिल्लो समय संघका पदाधिकारीहरु नै गुण्डागर्दी, दादागिरी, र ठगीमा संलग्न भएपछि संघप्रति आम नेपालीको रुचि घट्दो छ। एकातिर संघलाई बहिष्कार गर्नेहरुको संख्या बढ्दो छ भने अर्कोतिर संघका पदाधिकारीहरुको गुण्डागर्दी, दादागिरी, र ठगी काण्डबाट असन्तुष्ट भएका युवा पक्षले समानान्तर एनआरएनए खोल्ने चेतावनी दिदै आएका छन्।

















