लिस्बन।
पोर्चुगलको राजधानी लिस्बनको आरोइसमा एक घरमा आगलागी हुदा ३ जनाको ज्यान गएको छ।
रुआ मोराइस सोरेसमा अवस्थित एक घरमा आगलागी हुदा आत्तिएर ज्यान जोगाउन चौथौ तल्लाको झ्यालबाट सडकमा हाम फाल्दा तिनै जनाको ज्यान गएको हो।
घटनास्थलमा अहिले उद्धारका लागि ३६ जना फायर फाइटर र एम्बुलेन्स, पुलिस, र नागरिक सुरक्षा अधिकारीहरु सहित १४ गाडीहरु तैनाथ गरिएका छन्।
घटनास्थलमा मृत्यु भएकाहरुमध्ये २ जना पुरुष र एक महिला रहेको समाचार स्थानीय टेलिभिजनले प्रशारण गरिरहेका छन्।
सुरक्षाकर्मीहरुले आगलागी भवनको वरपरका सम्पूर्ण घरहरु खालि गराएका छन्।
घटना शुक्रवार राति करिब ११:१० बजेतिरको हो।
#InUpdate

















