लिस्बन।
लिस्बनमा १२ प्रतिशत घरधनी भाडा बढाउन इच्छुक रहेको तथ्य सार्वजनिक भएको छ।
लिस्बन एसोसिएशन अफ अनर्सले गरेको एक सर्वेक्षणले उक्त तथ्य सार्वजनिक गरेको हो।
उक्त सर्वेक्षण अनुसार ७६.५ प्रतिशत घरधनीले भाडा यथावत राख्ने र १०.९ प्रतिशतले बर्तमान परिस्थितिमा कोरोनाले ल्याएको समस्याका कारण भाडा घटाउने इच्छा जाहेर गरेका छन्।
लिस्बन एसोसिएशन अफ अनर्सले १ मे देखि ७ जुनको बिचमा सर्वेक्षण गरेको थियो। उक्त सर्वेक्षणमा दुई हजार भन्दा बढी घरधनीहरु सहभागी भएका थिए।

















