चर्को आलोचनापछि एनआरएनए पोर्चुगलको अधिबेशन उम्मेदवारी शुल्कमा हेरफेर !

लिस्बन।

गैर आवासिय नेपाली संघ पोर्चुगलको ३१ जुलाईमा सम्पन्न हुने आठौ अधिबेशन र निर्वाचनका लागि उम्मेदवारी शुल्कमा हेरफेर भएको छ।

संघको पूर्व निर्धारित र प्रकाशित शुल्क महँगो भएको ब्यापक जनगुनासो आएपछि संघले उम्मेदवारी शुल्कमा केही हेरफेर गरेको छ।

संघले हेरफेर गरेको उम्मेदवारीको नयाँ शुल्कमा अध्यक्ष पदमा २०० युरो घटाएर एक हजार युरो कायम गरिएको छ। त्यस्तै सचिव र कोषाध्यक्ष पदमा पनि ५० युरो कम गर्दै ३५० युरो कायम गरिएको छ।

सहकोषाध्यक्ष, युवा संयोजक र महिला संयोजक पदमा पनि ५० युरो घटाउदै उम्मेदवारी शुल्क ३०० युरो राखिएको छ।

संघले सदस्यको उम्मेदवारी शुल्कमा पनि २५ युरो घटाएको छ। सदस्यको नयाँ उम्मेदवारी शुल्क २०० युरो कायम गरीएको छ।

निर्वाचन समिति र कार्यतालिका :

संघले पुर्वअध्यक्ष रमेश कुमार गुरुङको संयोजनमा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ। समितिको सदस्यहरुमा शिव प्रसाद अधिकारी, तारा गुरुङ, मेघनाथ सुबेदी र मिङ्ग्मार लामा रहेका छन्।

निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी मनोनयन २२ जुलाई २०२१ बिहान ११:०० बजेदेखि २३ जुलाई २०२१ को राति १२:०० बजेसम्म दिन सक्नेछन। संघको बिधान अनुसार पंजीकृत सदस्यहरुले रित पुर्याई उम्मेदवारी दर्ता गर्न सक्नेछन।

एनआरएनए पोर्चुगलको इतिहासमा पहिलोपटक उम्मेदवारी समेत अनलाइन प्रणाली मार्फत हुने भएको छ। निर्वाचनमा उम्मेदवारी दिन चाहने सदस्यहरुले निर्धारित शुल्क सहित समितिले तय गरेको उम्मेदवारी फारम भरेर निर्धारित समयभित्र निर्वाचन समितिको ईमेल ec.nrnaportugal2021@gmail.com पठाएर मात्रै दर्ता गर्न सकिनेछ। उम्मेदवारी दर्ताको इमेलसंगै संघको खातामा उचित उम्मेदवारी शुल्क तिरेको रसिद समेत अनिवार्य संलग्न गर्नुपर्नेछ।

बर्तमान निर्वाचन समितिले एनआरएनए पोर्चुगलको इतिहासमै पहिलोपटक आमनेसामने उम्मेदवारी नबुझ्ने र ईच्छुक उम्मेदवारहरुले अनलाइन मार्फत मात्रै उम्मेदवारी दिन सकिने निर्णय गरेको छ।

#InUpdate

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार