एनआरएनए पोर्चुगल निर्वाचनमा धाँधली : निर्वाचन समयभन्दा २ घण्टा अगावै मतपेटिकामा २२ मत खसेपछि नर्थ क्षेत्रको निर्वाचन पनि स्थगित, ४ क्षेत्रमध्ये ३ क्षेत्रमा निर्वाचन रद्ध !

लिस्वन ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको आसन्न निर्बाचन अन्तर्गत नर्थ क्षेत्रको पनि निर्वाचन स्थगन भएको छ। निर्वावन पूर्व निर्धारित समय बिहान १० बजेदेखि मतदान शुरु हुने कार्यतालिका भएतापनि निर्वाचन समय शुरु हुनुभन्दा २ घण्टा अगाडी नै मतपेटिकामा २२ मत खसेको पाईएकोले नर्थ क्षेत्रमा पनि निर्वाचन रद्ध भएको छ।

त्यस्तै आजै बिहान एकै समय १० बजेदेखि शुरु हुने भनिएको अल्गार्भ क्षेत्रमा समेत निर्बाचन स्थगित भएको छ । यो संगै पोर्चुगलमा रहेका ४ निर्वाचन क्षेत्रमध्ये अल्गार्भ,, अलेन्तेजो र नर्थ क्षेत्रमा निर्वाचन स्थगित भएको छ भने लिस्बनमा मात्रै निर्वाचन सौहार्द रुपमा सम्पन्न भईरहेको छ।

बर्तमान कार्यसमिति अध्यक्ष तिलक गैरेले पुर्व निर्धारित निर्बाचन समितिको सूचनालाई बेवास्ता गर्दै माल्वादोमा आफ्नो घरलाई नै मतदान केन्द्र बनाएपछि सो स्थानमा मतदान केन्द्र राख्न नहुने भन्दै असन्तुष्ट पक्षले निर्वाचन निर्वाचन बहिष्कार गरेका छन्।

नर्थ, अलेन्तेजो र अल्गार्भ क्षेत्रमा मतदान स्थगन भएपछि काममा संघको निर्वाचनमा मतदान गर्न बिदा लिएर फुर्सद निकालेका मतदाताहरु निकै आक्रोशित भएका छन्।

गैर आवासिय नेपाली सघं पाेर्तुगलकाे निर्वाचन २०२१-२३ को लागि कुल मतदाता संख्या १६८८ मध्ये लिस्बोनमा कुल मतदाता संख्या १०७० रहेको छ ।

अहिले बेलुका ६ बजेसम्म बजे सम्म ५२९ जना मतदाताले मतदान गरेको निर्वाचन समितिले जानकारी दिएको छ । निर्वाचन समय सकिन अब जम्मा २ घण्टा मात्रै बाँकी छ।

अलेन्तेजो क्षेत्रमा २३८ जना, अल्गार्भमा २३६ जना र नर्थमा ९१ जना मतदाता रहेका छन्।

#InUpdate

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार