ओलम्पियन गौरिकालाई कोरोना संक्रमण

लण्डन।

ओलम्पियन गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ । यसै महिना जापानमा सम्पन्न टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गरेर बेलयात पुगेकी गौरिकाले सामाजिक संजालमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएकी छिन् ।

गौरिकाले संक्रमण भएको व्यक्तिको सम्पर्कमा आएपछि परिक्षण गर्दा आफ्नो नतिजा पनि पोजेटिभ आएको जानकारी दिइन् । उनले आफूलाई कुनै लक्षण नदेखिएको र खोपको दुवै डोज लगाएपनि १० दिनको लागि क्वारेन्टिन बस्ने बताएकी छिन् । उनले नियमित मास्क लगाएर स्वास्थ्य मापदण्ड पालना गरेपनि संक्रमण भएको बताइन् ।

गौरिकाले आफूलाई कुनै लक्षण नरहेको र परिक्षण नगरेको भए संक्रमणबारे थाहा नहुन सक्ने बताइन् । उनले सबैलाई सुरक्षित रहन अनुरोध गर्दै आफ्नो सुस्वास्थ्यको कामना गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरिन् । गौरिकाले टोकियो ओलम्पिकमा महिला १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दै लङ कोर्षमा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।

गौरिका यसै महिना उच्च शिक्षाका लागि अमेरिका जाने कार्यक्रम रहेको छ । उनले ओलम्पिकपछि केहि समय परिवारसँग बिताएर अमेरिकास्थित टफ्ट्स विश्वविद्यालय जाने जानकारी दिएकी थिइन् ।

Photo: Udpit Singh Chhetri

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार