नेपाली राष्ट्रिय फुटबल टाेलीका मुख्य प्रशिक्षक अलमुताइरीले भने : ‘आई एम आउट, लेट पाेलिटिक्स वर्क’

काठमाण्डाै |

नेपाली राष्ट्रिय फुटबल टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल छाड्ने सङ्केत दिएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङसँगकाे विवादको प्रतिवेदन सार्वजनिक भएसँगै अलमुताइरीको भनाइ बाहिर आएको हो ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्, ‘म बाहिरिएँ, राजनीतिलाई काम गर्न दिनुहाेस् ।’

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक र एन्फाका उपाध्यक्षबीचको विवाद समाधानका लागि गठित छानबिन समितिले बुधवार (आज) राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रतिवेदन बुझाएको छ ।

१४ दिन लामो छानबिन गरी समितिले ११ बुँदे निष्कर्षसहितको प्रतिवेदन राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई बुझाएको हो । समितिकी प्रवक्ता सुवर्णकेशरी श्रेष्ठले ८२ पृष्ठ लामो प्रतिवेदनबाट निस्केको ११ बुँदे निचोड सार्वजनिक गरेकी हुन् ।

समितिले सार्वजनिक गरेको निष्कर्षमा अखिल नेपाल फुटबल सङ्घ, एसियाली फुटबल महासङ्घ फिफाको नियमअनुसार चल्न नसकेको, आफ्नो समस्या आफैँ समाधान गर्नुपर्ने तथा प्रशिक्षकले व्यक्तिगत बानी व्यहोरामा सुधार गर्नुपर्ने बताइएकाे छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार