रोनाल्डोले म्यानचेस्टर युनाईटेडबाट ७ नम्बरको जर्सी लगाउने !

लन्डन।

पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाईटेडमा ७ नम्बरको जर्सी लगाउने भएका छन् ।१२ वर्षपछि क्लब फर्किएका रोनाल्डोलाई युनाईटेडले ७ नम्बरको जर्सी दिएको हो ।

यस अघि ७ नम्बरको जर्सी एडिन्सन काभानीले लगाउँदै आएका थिए । उनले अब २१ नम्बरको जर्सी लगाउने भएका हुन् ।रोनाल्डोले म्यानचेस्टर युनाईटेडसँग दुई वर्षको सम्झौता गरेका छन् ।

यसअघि रोनाल्डोले ६ वर्षसम्म युनाईटेडबाट खेल्दा २ सय ९२ खेल खेले जसमा १ सय १८ गोल गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार