मनकारी वडाध्यक्ष : आफ्नो लगानीमा बाढीपिडितलाई बाँडे राहत !

नवलपरासी।

नवलपरासीको रामग्राम नगरपालिका वडा ८ का बाढी प्रभावित घरपरिवारहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ । नेपाली कांग्रेस वडा ८ कार्यसमितिले आफनो वडाका २ सय बढि पिडित घरधुरीलाई खाद्यान्न वितरण गरेको हो ।

नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि एवं रामग्राम नगरपालिका वडा ८ का वडा अध्यक्ष समाजसेवी महेन्द्र ठाकुरले आफनो व्यक्तिगत लगानीमा सहयोग प्रदान गरेको खाद्यान्न कांग्रेस वडा कार्यसमिति मार्फत वितरण गरिएको हो ।

रामग्राम नगरपालिकाबाट प्राप्त राहत अपुग भएकाले तत्काल पिडितहरुलाई राहत पुगोस भनि वडा अध्यक्ष ठाकुरले आफनो लगानीमा काग्रेस वडा कार्यसमिति मार्फत प्रति परिवारलाई १० किलो चालम वितरण गराउनु भएको हो । उक्त वडाका २२० घरपरिवारलाई कुल २२ क्वीन्टल चामल वितरण गरिएको वडा अध्यक्ष ठाकुरले जानकारी दिनु भयो ।

रामग्राममा आएको भिषण बाढीले वडा ८ का दुई सय घरधुरी डुबानमा परेको थियो । जसमा १० कच्ची घर पुर्ण रुपले भत्केको छ भने २० घरमा आंशिक क्षति भएको र अरु बाकी घरहरु डुबानमा परि खाद्यान्न, लत्ताकपडा , ओछयान र खाट लगातका सामाग्रीहरु भिजेर लाखौको क्षति भएको थियो । बाढीले वडामा भएको क्षतिको यथार्थ विवरण संकलन गरि राहतका लागि रामग्राम नगरपालिका पठाइ सकिएको वडा अध्यक्ष ठाकुरले जानकारी दिनुभयो ।

रामग्राम नगरपालिकाले वडाका अति बाढी प्रभावित घरपरिवारका लागि खाद्यान्न खरिद गर्न दिएकोे ५० हजार रुपैया २५ जनालाइ मात्र बाडिएको र अरु पिडितहरुलाई अपुग भएकाले आफनो व्यक्तिगत लगानीमा उक्त खाद्यान्न वितरण गरेको वडा अध्यक्ष ठाकुरले जानकारी दिनु भयो । राहत वितरण कांग्रेस वडा सभापति त्रिभुवन केवटको अध्यक्षता तथा वडा अध्यक्ष महेन्द्र ठाकुरको प्रमुख आतिथ्यतामा वितरण गरिएको र वितरण कार्यक्रममा वडाका उपसभापति रामवृक्ष केवट, वडा सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार