रहेनन् सुदूर पश्चिमका वामपन्थी नेता एवं समाजसेवी ‘लालटिन बाजे’

बैतडी।

वामपन्थी आन्दोलनका अग्रणी नेता एवं समाजसेवी पृथ्वीराज अवस्थीको ८४ वर्षको उमेरमा निधन भएको छ ।

बैतडीको सुर्नया गाउँपालिका–६ शङ्करपुर घर भएका अवस्थी हाल कैलालीको गोदावरीमा बस्दै आएका थिए ।

‘लालटिन बाजे’ का रूपमा समेत परिचित अवस्थीको आज उनको बिहान घरमै निधन भएको हो ।

विसं १९९४ मा जन्मिएर समाज परिवर्तनका लागि लामो समयदेखि सङ्घर्ष गर्दै आएका अवस्थी केही वर्षदेखि अस्वथ थिए ।

बैतडीमा वामपन्थी आन्दोलनलाई अघि बढाउन अवस्थीको ठूलो योगदान रहेको छ ।

यस्तै जातीय विभेद अन्त्यका लागि समेत अवस्थीले ठूलो योगदान पु¥याएको स्थानीयवासीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार