लन्डन।
लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा मंगलबार लिभरपुललाई १–० ले हराएको छ । एडेमोल लुकमनले गरेको एक मात्र गोलको मदतले लेस्टरले यो प्रभावशाली जित निकालेको हो ।
हारले लिभरपुल लिग तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग छ अंकको दूरीमा रह्यो । पहिलो हाफको १५ औं मिनेटमा लिभरपुलले पेनाल्टी पाए पनि मोहमद सलाह त्यसमा गोल गर्न चुके ।
लिभरपुल ४१ अंकमा दोस्रो स्थानमा छ । मंगलबारका अन्य खेलमा साउथह्याम्पटन र टोटनहमले १–१ को बराबरी खेले । यस्तै क्रिस्टल प्यालेस नरविचलाई ३–० र वेस्ट ह्यामले वाटफोर्डलाई ४–१ ले हरायो ।
















