भारतमा भिषण असिना पानी: २५ जनाको मृत्यु

नयाँदिल्ली ।

भारतको पूर्वी राज्य बिहारका विभिन्न जिल्लाहरूमा बिहीबार असिना पानीका कारण २५ जनाको मृत्यु भएको बिहारको राज्य सरकारले जनाएको छ ।

बिहारका मुख्यमन्त्री नितिशकुमारले मृतकको परिवारलाई चार लाख भारतीय रुपैयाँ (चार हजार ६४९ अमेरिकी डलर) आर्थिक राहत दिने घोषणा गरेका छन् ।

विगत दुई दिनदेखि बिहारमा पानीजन्य प्रकोपका कारण मृतकको सङ्ख्या बढिरहेको सरकारले जनाएको छ ।

मौसम विभागले बिहारका १३ जिल्लामा मौसमसम्बन्धी जोखिमको चेतावनी जारी गर्दै आगामी दुई दिनसम्म सजग रहन स्थानीयहरूलाई निर्देशन जारी गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार