
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर विरोधका स्वरहरु उर्लेका छन्।नेपालमाथी नाकावन्दी लगाएकोमा मोदीको भ्रमणलाई लिएर चर्को आलोचना र विरोध भएको हो।
बंगलादेशको लागी ईयूकी राजदूत रेन्जी टिरिन्कले नाकावन्दीको समयमा इन्धन भर्न लाइनमा बसेका सवारी साधनको लामो लाइनको तस्विर पोष्ट गर्दै लेखिन्-यो तस्विर भुल्न गार्हौ छ।#blackdewascrimemrmodi

राजदुत रेन्जीले नेपालमा भारतले लगाएको नाकावन्दी आफ्नो आँखाले देखेकी र भोगेकी थिइन्।उनी त्यसबेला नेपालमा ईयूकी राजदुत रहेकी थिइन्।#blackdewascrimemrmodi ट्वीटर ट्रेन्डिंगमा रहेको छ।
















