बलिउडमा सञ्जु भाईको नामले चिनिने संजय दत्तको जीवनीमा बनेको बहुप्रतिक्षित चलचित्र ‘सञ्जु’को ट्रेलर सार्वजानिक भएको छ।फिल्मी नगरी मुम्बईमा एक कार्यक्रमको आयोजना गरेर ट्रेलर सार्वजानिक गरिएको हो।

राजकुमार हिरानीले निर्देशन गरेका ‘सञ्जु’ फिल्मका निर्माता विधू विनोद चोपडा रहेका छन्।
चलचित्रका नायक रणवीर कपुरले संजय दत्तको भूमिका निभाएका छन्।फिल्ममा युवा अवस्था देखि अहिलेको अवस्थासम्मको संजय दत्त देखाईएको छ।
चलिचित्रमा रणवीर कपुर,परेश रावल,मनिषा कोइराला,अनुष्का शर्मा,सोनम कपुर,वोमन इरानी, विक्की कौसल र दिया मिर्जाको मुख्य भूमिका रहेको छ।
मनिषा कोइरालाले संजय दत्तको आमा ‘नर्गिस’को भूमिका निभाएकी छिन् भने बाबुको भूमिकामा परेश रावल छन्।
ट्रेलरमा रणवीर कपुरको उत्कृष्ट अभिनय देख्न सकिन्छ। उनले संजय दत्तको ‘रियल लाईफ’लाई पर्दामा न्याय गरेका देखिन्छ।रणवीर कपुर संजय दत्त जस्तै देखिएका छन्।
यूट्युबमा रिलिल गरिएको केहि घण्टामै फिल्मको ट्रेलर ३६ लाख भन्दा धेरै पटक हेरिसकिएको छ।फिल्म जुन ३० देखि प्रदर्शन हुनेछ।
हेर्नुहोस् भिडियो
















