टर्कीको आक्रमणमा परी इराकमा कम्तीमा २६ को मृत्यु


अंकरा । टर्कीको जेट विमानबाट इराकमा भएको आक्रमणमा परी कुर्दिस वकर्स पार्टी पीकेके समूहका कम्तीमा २६ लडाकू मारिएका छन् ।

आतङ्कवादी विरुद्ध चलाइएको सुरक्षा कारवाही अभियान अन्तर्गत उनीहरू मारिएको अधिकारीहरूले शुक्रबार जनाएका छन् ।

इराकको उत्तरी क्षेत्रमा भएको कारबाहीका क्रममा मारिने सवै जना पीकेके का लडाकू रहेका जनाइएको छ ।
उत्तरी इराकको क्वान्डिल क्षेत्रमा रहेका लडाकूहरूलाई लक्षित गरी आक्रमण गर्ने उद्देश्यले मंगलवार नै टर्कीको लडाकू विमान आएको टर्कीका कर्मचारीले एक वक्तव्यमा जनाएका छन् ।

टर्कीले इराकको क्वान्डिल र सिन्जार क्षेत्रमा आतङ्कवादी विरुद्धको सुरक्षा कारबाही अभियान चलाएको राष्ट्रपति रिसेप तैयप एर्दोगानले सोमबार बताउनुभएको थियो । यस्तो खाले सुरक्षा कारबाही सिरियाको ओलिभमा पनि चलाइएको छ । इराकको उत्तरी क्षेत्रमा क्रियाशिल पिकेकेलाई अङ्कराले आतङकवादीको सूचीमा राखेको छ ।

घटना भएको सो पहाडी क्षेत्र टर्कीसँगको दक्षिणपूर्वी सिमा क्षेत्र र इराकको इर्बील प्रदेशको सिमा क्षेत्रमा पर्दछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार