बेलायत राजकुमारी बनेपछि मेगनलाई यी कुराहरुमा प्रतिबन्ध


लण्डन । बेलायतको राजपरिवारकी बुहारी भएसँगै मेगन मर्केलको जीवन पूर्णरुपमा बद्लिएको छ । राजकुमार ह्यारीकी पत्नी भएलगत्तै उनी राजपरिवारको सदस्य भएकी छिन् र उनले अन्य सदस्यले लस्तै नियमको पालन गर्नुपर्ने हुन्छ । जसमा केही यस्ता नियम छन्, जुन सुन्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ ।

पाउने छैनिन्, कसैसँग सेल्फि खिच्न
आजको जमानामा मानिसहरुले हरेक समय सेल्फि लिनु सामान्य भइसकेको छ । तर मेगनले अब कुनै राजदरवारभन्दा बाहिरको व्यक्तिसँगको सेल्फिमा सामेल हुन पाउँदिनन् । यदि कसैले उनको साथमा सेल्फि खिच्ने कोशिस गरेमा उनले सो व्यक्तिलाई त्यसो गर्नबाट रोक्नुपर्ने हुन्छ । तर मेगनले यो नियमको पालना पहिलेदेखि नै गरिसकेकी छिन् । डेली मेल नामक एक सञ्चार माध्यमका अनुसार पछिल्लो समय एक जोडीले उनको साथमा सेल्फि खिच्नको लागि अनुरोध गर्दा उनले त्यसको लागि उनलाई अनुमति नभएको बताएकी थिइन् ।

एक्लै कहीँ जान पाइदैन
विवाह पहिले मेगन सामाजिक काममा निकै सक्रिय भएपनि विवाहपछि भने उनले धेरै कुराहरुमा ख्याल राख्नुपर्ने हुन्छ । अब उनलाई कहिले पनि एक्लै बाहिर जाने अनुमति हुने छैन । कुनै पनि समय बाहिर निस्कदा उनी शाही परिवारको सुरक्षा घेरा भित्र हुनेछिन् ।

सामाजिक सञ्जाल बन्द गर्नुपर्नेछ
शाही परिवारका सदस्यहरुलाई आफ्नै सामाजिक सञ्जालको एकाउण्ट चलाउन खुल्ला छैन । यो नियमको पालना अब मेगनले पनि गर्नुपर्नेछ । यसको घोषणा मेगनले पछिल्लो वर्षनै गरेकी थिइन् । अब उनले गर्ने कुनै पनि कामहरुको जानकारी राजपरिवारको आधिकारीक एकाउण्टबाट मात्रै दिइनेछ ।

मत हाल्न पाउने छैनिन्
मेगन मुख्य रुपमा अमेरिकी हुन् । उनले राजकुुमार ह्यारीसँगको विवाहपछि बेलायतको नागरिकता पाउने भएपनि उनलाई मत हाल्ने अधिकार भने दिइने छैन । बेलायतको संसदको वेबसाइटमा जनाइए अनुसार राज परिवारका सदस्यहरुलाई आम चुनावमा मतदान गर्न पाउने अधिकार छैन । पहिले यो नियम रानीमा मात्रै सिमित भएपनि हाल यसको पालना सबै सदस्यले गर्नुपर्ने हुन्छ ।

नङ पालिश लगाउन मनाही
अब मेगनले नङ पालिश समेत लगाउन पाउने छैनिन् । रिपोर्टका अनुसार रानीसहित राजपरिवारका बुहारीले नङ पालिश लगाउनुलाई ‘भल्गर’को संज्ञा दिने गरिन्छ । नङ पालिशलाई नक्कली शोभा बढाउने पहिरन मानिन्छ र राजपरिवारका बुहारीहरुलाई प्राकृतिक सौन्दर्य कायम राख्न अनिवार्य छ । उनले नङमा पारदर्शी नङ पालिश लगाउन भने सक्छिन् ।

अटोग्राफ दिन पनि नपाइने
मेगन एक सेलिब्रेटी भएकाले आफ्ना फ्यानहरुलाई अटोग्राफ दिनु उनका लागि सामान्य हो । तर अब भने मेगनले यो बानीलाई बदल्नुपर्ने हुन्छ । यदि कसैले उनीसँग अटोग्राफको लागि अनुुरोध गरेमा उनले त्यसको अनुमति नरहेको कुरा बताउनुपर्ने हुन्छ । सुरक्षाका कारण राजपरिवारका सदस्यहरुले अटोग्राफ दिन मिल्दैन । तर कुनै आधिकारीक मामला तथा दोस्रो देशको भ्रमणको बेला आगन्तुक पुस्तिकामा भने उनले हस्ताक्षर गर्न सक्नेछिन् । –एजेन्सी

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार