एजेन्सी । हाम्रो छिमेकी राष्ट्र भारतमा बलात्कारका घटनाहरु दिन प्रति दिन बढिरहेको छ । यस्तो घटनालाई मध्ये नजर गर्दै भारतीय अदालतले बलात्कारीहरलाई फाँसीको सजायको पनि व्यपस्था गरेको छ । अदालतले केही साता अघि मात्रै पनि सात महिने नाबालिकालाई बलात्कार गरेको आरोपमा एक १९ वर्षे युवकलाई फाँसीको सजाय सुनाएको थियो । सो समाचार सेलाउन नपाउँदै पुनः अर्को एक बलात्कारीलाई फाँसीको सजाय सुनाइएको छ ।

यो मामला भारतको छतरपुरको हो । जहाँ दुई वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा त्यहाँका तौहीद नामका एक युवकलाई घटना भएको २६ दिनपछि फाँसीको सजाय सुनाएको छ । प्रहरीका अनुसार तौहीदले दुई वर्षीया नाबालिकालाई २४ अप्रिल २०१८ मा बलात्कार गरेका थिए । त्यो दिन तौहीदले करीब साढे १० बजेसम्म ती नाबालिकालाई बलात्कार गरेका थिए ।
ती नाबालिका भने आफ्नै घरमा सुतिरहेकी थिइन् । तौहीदले त्यही मौका छोपेर घरमै घुसेर बलात्कार गरेको प्रहरीको भनाई रहेको छ ।
ती नाबालिका बच्चीको आमा भने बाहिर बसिरहेकी थिइन् । तर, जब आफ्नो छोरी रुन थालिन् उनी घरभित्र पसिन्, सोही समयमा उनले तौहीदले आफ्नो छोरीलाई बलात्कार गरिरहेको देखेकी थिइन् । त्यसपछि चिच्याउँदै हो हल्ला गर्दै सबैलाई बोलाइन् । त्यसपछि प्रहरी आईपुगे र तौहीदलाई गिरफ्तार गरे ।
पीडित नाबालिकाकी आमाले छतरपुरको राजनगर थानामा उजुरी दिएकी थिइन् । अनुसन्धानपछि तौहीदलाई आईपिसीको धारा ४४९, ४५०, ३७६ ‘क’ र ‘ख’ लगाएत पाक्सो एक्टमा अदालतमा आरोप पत्रमा मुद्धा दर्ता गरिएको थियो । प्रहरीका अनुसार डिएनए रिपोर्टमा पनि तौहीदको कपडामा ती नाबालिकाको रगत भएको पुष्टि गरेको छ ।
अदालतमा भएको सुनुवाईपछि आरोपित तौहीदलाई दोषी ठहर गर्दै संशोधित पाक्सो एक्ट र आइपिसी अनुसार फाँसीको सजाय सुनाएको हो । प्रहरीले यो घटनाको छानविन गर्नका लागि एक विशेष टिम बनाएको थियो । जसको कारण आरोपित तौहिद विरुद्ध चाँडो भन्दा चाँडो सबुत प्राप्त भएको छ ।
एक बलात्कारको घटनालाई लिएर अदालतले कडा कारवाही गर्दै २६ दिनपछि आफ्नो फैसला सुनाएको छ । अदालतले सो बलात्कारीलाई फाँसीको सजाय सुनाएको छ ।
















