जहाँ अपाङ्ग सन्तानलाई विष दिन सुझाइन्छ

केन्याको विकट भेगमा अपाङ्गता भएका बालबालिकाको हत्या गर्न परिवारले नै तिनका आमालाई सुझाउँछन्।

अपाङ्ग सन्तानलाई मार्न आफूहरूलाई दबाब दिने गरिएको ग्रामीण केन्याका ६६ प्रतिशत आमाहरू बताउँछन्।

अपाङ्ग सन्तानलाई ‘श्राप र बोक्सी लागेको’ आमाहरू ठान्छन्।

त्यसबारे बीबीसीले सरकारी अधिकारीहरूको प्रतिक्रिया लिन खोज्दा कसैले बोल्न चाहेनन्।

बीबीसीको रिपोर्ट

जिउँदै भएकाले मेस्साक भाग्यमानी हुन्।विकट केन्याका उनका आफन्तहरु उनी अपांग भएकाले शिशु नै हुँदा उनी मारिउन् भन्ने चाहन्थे।

म घरबाट लखिटिएँ।एकजना साथीले मलाई बस्न दिइन्।तर तीन सातापछि उनले मलाई मेरो छोराको खानेकुरामा तेजाब हालिदिन भनिन्। मैले बच्चालाई बिष दिन अस्वीकार गरेँ।त्यसयता फ्लोरेन्सले बाँच्नका लागी संघर्ष गरिरहेकी छिन्।तर उनी एक्ली होइनन्।

लिडियालाई उनको छोरा विस्तारै तर गोप्य रुपमा मरोस् भनेर छोराको नाडीमा सियो घुसाउन भनिएको थियो।

ग्रामीण केन्याका ६६ प्रतिशत महिलाले आफ्ना अपांग सन्तानलाई मार्न दबाब आएको बताएका छन्।शिशु हत्याले केन्यामा गहिरोसँग जरा गाडेको छ।

आमाहरु ठान्छन् -‘उनीहरुका अपांग सन्तानमाथि ‘श्राप र भूत लागेको छ।’ ती मध्ये केही चाँहि आफ्ना अपांग बालबालिकाहरूको मायाकै कारण मार्न आफ्नो संस्कृतिले दिने बताउँछन्।र,आमाहरु जो त्यसो सोच्दैनन् ? उनीहरु आफ्ना बच्चालाई यस्ता घरमा ल्याएर छोड्न बाध्य हुन्छन्।

यो शिशु स्याहार केन्द्र अनाथालयमा परिवर्तन भएको छ।यसकी संस्थापकले सरकारले दिएको भनेको स्याहारका लागि थप बालबालिकाहरु मात्रै भएको बताईन्।

अनुसन्धानकर्ताहरुले पनि शिशु हत्याको बढ्दो दर औंल्याउँदै थप काम गर्न आवश्यक रहेको बताए।केन्या सरकारले भने त्यसबारे बीबीसीलाई कुनै प्रतिक्रिया दिएको छैन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार