क्यालिफोर्नियाको डेथ भ्यालीमा ढुंगा आफैं सर्छन् !

काठमाडौं । प्रकृतिले कतै विचित्र रुप लिएको हुन्छ । प्रकृतिका फरक रुपले मानिसलाई अचम्ति बनाइदिने गरेको छ । यस्तै, क्यालिफोर्नियाको डेथ भ्यालीमा आफै सर्दै जाने ढुङ्गाले सर्वसाधरण मात्र नभई वैज्ञानिकलाई समेत चकित बनाएको थियो । हेर्नुहोस् , यो अनौठो ठाउँ ।

क्यालिफोर्नियाको डेथ भ्यालीमा निर्जिव बस्तु आफैं सर्छ भन्दा तपाईलाई अचम्म लाग्छ होला । अर्थात, यहाँ ढुंगा आफैं सर्छन् । सेलिङ् स्टोनका नामले समेत चिनिने यहाँका ठूल–ठूला ढुङ्गा दिनहुँ आफै सर्दै जान्छन् । जुन निकै अनौठो हो ।

यसको कारण लामो समयसम्म खुल्न सकेन । वैज्ञानिक अनुसन्धानमा लागेको निकै भयो बल्ल पत्ता लाग्यो । यहाँ किन यस्तो भयो भन्ने प्रश्नले वैज्ञानिकलाई समेत लामो समयसम्म अन्यौलमा परे । र, सन् २०१३ मा वैज्ञानिकहरुले यसको विषयमा अनुसन्धान गरे र यसको फोटोग्राफ्री पनि सुरु गरे र ढुङ्गामा पातलो हिउँको तह हुने गरेको पत्ता लगाए ।

जसका कारण जाडोमा घामको तापले हिउँ गल्दा ढुङ्गामा भएको पानी बरफको स सानो कणका कारण हावाको दवावको कारण घ्रिस्रिने र ढुङ्गा सर्दै जाने तथ्य पत्ता लगाए । तर यसलाई देख्दा जो कोहीलाई यही लाग्छ कि ढुङ्गा आफै चलायमान छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार