काठमाडौं,२७ पुष । नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाको इन्डो प्यासेफिक क्षेत्र प्रमुख एडमिरल फिलिप एस डेभिड्सनले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखेरलसँग शिष्टाचार भेट वार्ता गरेका छन् ।

रक्षा मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सैन्य सहायता र एशिया प्यासिफिक क्षेत्र भित्र पर्ने इण्डो प्यासिफिक क्षेत्रको सुरक्षा चुनौती बारे छलफल भएको थियो । दुई देशले इन्डो प्यासिफिक क्षेत्रमा खेल्न सक्ने भूमिकाबारेमा समेत छलफल भएको थियो ।

छलफलमा अमेरिकी सेनाले नेपाली सेनाको क्षमता विकाश र सैन्य कुटनीतिक सम्बन्धलाई बलियो बनाउदै लैजाने विषयमा समेत छलफल भएको थियो । यसअघि, सेना प्रमुखको टोलीले हिजो नै नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापासँग भेट गरेका थिए ।
















