अमेरिकी राष्ट्रपति निवास ‘ह्वाइट हाउस’बारे यस्ता छन् रोचक तथ्य

काठमाडाैं ।

अमेरिकी राष्ट्रपति बस्ने भवन ‘ह्वाइट हाउस’ विश्वभर चर्चित छ । १७९२ मा निर्माण गरिएको ह्वाइट हाउसबारे थुप्रै रोचक तथ्य छन्, जुन तपाइलाई थाहा नहुन सक्छ ।

अमेरिकी राष्ट्रपतिको सरकारी निवासको नाम ‘ह्वाइट हाउस’ सन् १९०१मा टेड्डी रुजबेल्टले राखेका थिए । यसअघि, ह्वाइट हाउसलाई राष्ट्रपतिको महल भनेर चिनिन्थ्यो । भवन डिजाईनरबीच गरिएको प्रतियोगिता जित्दै सन् १७९२ मा जेम्स होबनले ह्वाइट हाउसको डिजाईन गरेका थिए ।

ह्वाइट हाउस मात्र एउटा यस्तो भवन हो जुन राष्ट्रप्रमुखको निजी निवासका रुपमा सर्वसाधारणले निशुल्क भ्रमण गर्न पाउँछन् । ह्वाइ हाउस जस्तै देखिने भवन एटलान्टा, चीन र अष्ट्रीयामा समेत निर्माण गरिएको छ । भवन निर्माणका लागि युरोपेली आप्रवासीलाई दास बनाएर ४३ लाख ८० हजार अमेरिकी डलरमा निर्माण गरिएको थियो ।

अमेरिकी राष्ट्रपतिको कार्यालयका रुपमा परिचित ओभल रुम सन् १९१३ मा विलियम होवार्डले निर्माण गर्न लगाएका थिए । ह्वाइट हाउसको भुइतलामा मल, फुलको पसल र डेन्टिस्टको कार्यालय समेत राखिएको छ । यो आलिसन भवनमा बस्ने पहिलो राष्ट्रपति जर्ज वासिङटन नभइ जोन अडाम्स् हुन् । ह्वाइट हाउसमा ४ सय १२ ढोका, १ सय ४७ झ्याल र एक सय ३२ कोठा छन् । राष्ट्रपति भवन भित्र बंकर निर्माण गरिएको छ । आतंकवादी हमला भएमा बंकरमा बसेर नै राष्ट्रपतिले सम्पूर्ण काम गर्न सक्छन् भने बंकरबाटै बाहिर निस्किन मिल्ने सुरुंग समेत निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार