ट्रम्पका पुर्व सल्लाहकार पक्राउ

वासिङ्टन / अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका पुर्व सल्लाहकार रोजर स्टोन शुक्रबार पक्राउ पर्नु भएको छ ।विषेश परामर्शदाता रोबर्ट मुलरको उजुरीका आधारमा उहाँलाई पक्राउ गरिएको अमेरिकी समाचार माध्यमहरुले जनाएका छन् ।स्टोनलाई सात अभियोग लगाइएको न्युयोर्क टाइम्स र अन्य सञ्चार माध्यमहरूले मुलरको कार्यालयको श्रोतलाई उल्लेख गर्दै समाचार लेखेका छन् ।

झुटो वक्तव्य बनाएको, प्रक्रियागत कामहरुमा अवरोध गरेको, प्रमाणहरू विगारेकोलगायतका आरोपहरू स्टोनमाथि लगाइएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार