– एजेन्सी

कुम्भ मेलाको दौरान अखबार र टिभीमा स्नान गरिरहेका महिलाहरुको फोटो देखाएपछि इलाहबाद हाइकोर्टले मेला अधिकारीहरुलाई चेतावनी दिएका छन् ।
अदालतले अब आइन्दा यसो गरे कारवाही गर्ने बताएको हो । यस मामिलामा अर्को सुनुवाई अप्रिल ५ मा हुनेछ ।
वकिल असीम कुमारको याचिकामाथि न्यायाधीश पीकेएस बघेल र पंकज भाटियाले खण्डपीठको सुनुवाई गरेका थिए ।
‘जब स्थान घाटबाट १ सय मिटर दायरमा फोटो खिच्न प्रतिबन्धित छ भने यो कसरी भइरहेको छ ?,’ अदालतले मेला अधिकारीहरुलाई प्रश्न गरेको थियो ।
प्रशासनले १ हजारभन्दा सिसिटीभी क्यामाराको मद्दतले पूरा मेला क्षेत्रमाथि निगरानी गरिरहेको छ ।
पूरा क्षेत्रमा निगरानी गर्न ४० वटा टावरको पनि निर्माण गरिएको बताइएको छ ।
















