नयाँदिल्ली :

नयाँदिल्लीस्थित एक होटलमा आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ । अरु चारजना घाइते छन् ।
नयाँदिल्लीको करोल बागस्थित रहेको अरपिट प्यालेसमा मंगलबार आगलागी भएको प्रहरीले उल्लेख गरेको छ । साथै अधिकारीहरुले यसबारे खोजी गरिरहेको बताएका छन् ।
प्रहरी अधिकारी मन्दिपसिंह रनधवाका अनुसार प्रहरीले होटलका प्रत्येक कोठामा खोजतलाशी गर्ने छ । होटल पर्यटकले भरिने व्यस्त स्थान पनि हो । पाँचतले होटलमा आगलागीपछि २५ वटा आगलागी नियन्त्रणका यन्त्रहरुको प्रयोग गरिएको थियो । घटनासँगै दर्जनौँ मानिसको उद्धार गरिएको छ ।
















